सुनको मूल्य लगातार उकालो,आजपनि ५ सयले बढ्यो

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौं | सुनको मुल्य लगातार बढिरहेको छ | आज पनि हिजोको तुलनामा प्रतितोला रु ५ सयले बढेर ७७ हजार ६ सय कायम भएको नेपाल व्यवसायी महासंघले जनाएको छ | यो मुल्य हाल सम्मकै उच्च हो |

नेपाली बजारमा अत्याधिक रुपमा सुनको मुल्य प्रत्यक दिन बढिरहेको छ | मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको थियो | आज पनि सोहि मुल्यमा ५ सय बढेर नयाँ रेकर्ड बनाएको हो |

चिनको हुवानबाट फैलिएको कोरोना भाइरसको प्रभावले सुनको मुल्य निकै आकाशिएको छ | आज चाँदीको मुल्य पनि हिजोको तुलनामा रु १० ले बढेर प्रतितोला ९ सय १५ कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!