त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौँ | मंगलबार दिउँसो  त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ | नेपाली सेनाले शिवरात्री र सेना दिवसका दिन गर्ने कार्यक्रमको रिहर्सलले गर्दा उडान अवतरण प्रभावित भएको हो |

दिउँसो पौने २ देखि पौने ५ बजेसम्म सेनाले काठमाडौंको आकाशमा हेलिकप्टर र जहाज उडाएर रिहर्सल गरेको छ | ९ गते शिवरात्री परेकोले सोही दिन सेनाले आफ्नो स्थापना दिवस मनाउँने गर्दछ | 

जहाज नियमित उडान-अवतरण नहुँदा कैयौं जहाजले सिमराको आकाशमा चक्कर लगाएका छन् भने आन्तरिकतर्फका जहाज डिले भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!