पेट्रोल, डिजेल, मट्टितेलको मूल्य घट्यो

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ | सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले जनाएको छ | त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ |

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजोन गरिएको जानकारी दिए |

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!