चितवनको भरतपुरमा १० हजार घुससहित राजस्व कार्यालयका अधिकृत पक्राउ

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौं | चितवनको भरतपुरमा आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत १० हजार घुससहित पक्राउ परेका छन् | विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै  सेवाग्राहीसँग घुस लिएको अवस्थामा रामकुमार अधिकारी अक्राउ परेका हुन् |

उक्त सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिइएको टोलीले उनलाई कार्यकक्षबाटै घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए |

उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!