माघ १४, काठमाडौं | चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकको नाफा २५ प्रतिशतले बढेको छ | बैंकले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आव २०७६/७७ को सोही अवधिमा २४.७६ प्रतिशतले नाफामा वृद्धि भई ९० करोड ३० लाख रुपैयाँ पुगेको हो |
गत आव २०७५/७६ को दोस्रो त्रैमासमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो | ९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ |
बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!