पत्रकार, चिकित्सक र नेपाल आयाल निगममा रोजगारीको अवसर(सूचना सहित)

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौं | शुक्रबार सरकारका निकायहरुले खुला विज्ञापन गर्दै  पत्रकारितादेखि चिकित्सा विज्ञानसम्मका विषय अध्ययन गरेकाहरूका लागि दरखास्त आह्वान गरेका छन | नेपाल टेलिभिजनले ९७ जना वरिष्ठ समाचार सम्पादकदेखि प्रशासन सहायकसम्मका लागि कर्मचारी माग गरेको छ |

टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ | त्यस्तै नेपाल आयल निगम लिमिटेडले पनि स्थायी सेवाका लागि कर्मचारी  मागेको छ | तह ८ को प्रबन्धकदेखि बाउजर अपरेटरसम्मका ४८ पदमा कर्मचारी  निगमले मागेको  छ |

त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले चिकित्सकको लागि दरखास्त दिन आह्वान गरेको छ | रजिष्टार कार्डियाक सर्जरी, सर्जरी कार्डियोलोजी, वरिष्ठि स्टाफ नर्सलगायत पदमा दरखास्त आह्वान गरेको  छ |

हेर्नुहोस सुचना :


यस बिषयमा तपाइको प्रतिक्रिया...!