आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौँ | आज बुधबार पनि सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा आज रु १०० ले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार एक सय पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ |

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ८ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | मंगलबारको तुलनामा रु ५ ले बढेर प्रतितोला चादीको मूल्य रु ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!