नेपाल एयरलाइन्स द्वारा ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौँ |  ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सले घोषणा गरेको छ । बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए |

छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।

यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!