सामाजिक सुरक्षा कोषलाई स्मार्ट बनाइने

Posted on: 07 Sep, 2019

भदौ २१, काठमाडौं । सामाजिक सुरक्षा कोषलाई स्माट बनाउनुपर्ने आवश्यकता रहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । कोषमा आवद्ध हुनका लागि हालको अनलाइन प्रणालीलाई थप परिमार्जन गर्दै लगिने उनने बताए । 

कोषको दायरा बढाउन प्रदेशगत रुपमा शाखा बिस्तार गर्नुपर्ने आवश्यता रहेको ज्ञवालीले बताएका छन् । सामाजिक सुरक्षा कोषले संचारकर्मी र कोषका कर्मचारीलाई दिएको २ दिने तालिमका अवसरमा उनले सो बताएका हुन् ।


कोषका कार्यकारी ज्ञवालीले समाजिक सुरक्षा कोषले हाल गरिरहेको कार्य र आगामी योजनाहरुबारे जानकारी दिएका हुन् । कोषले छिट्टै १११६ नम्बर सहितको  निशुल्क टोलफ्री सेवा मार्फत कल सेन्टर शुरु गर्ने उनले जानकारी दिए।


उनले ठुला रोजगारदाता कोषमा आउनेक्रम जारी रहेकोभन्दै शुरूवातमा देखिएका समस्यालाई समाधान गर्दै जाने बताए। समाजिक सुरक्षा कोष बाट प्राप्त हुने क्षतिपूर्ति व्यवस्थापनमा चुनौती रहेको बताए । कोष संचालनका कानुनी अवस्था बारे कोषकी निर्देशक रमा भट्टराईले स्पष्ट पारिन । समाजिक सुरक्षाको विकासक्रम र नेपालको अवस्था बारे कोषका कानुनी सल्लाहकार रमेश वडालले जानकारी गराएका छन् ।

सामाजिक सुरक्षा कोषमा सम्बन्धित करका विषयमा कोषकी लेखाअधिकृत अनुपमा कार्कीले जानकारी दिईन् ।

 

२ दिने तालिममा पत्रकार र कर्मचारीहरु सहभागी भएका थिए । नेपाल अर्थिक पत्रकार संघका अध्यक्ष सिताराम भट्टराईले समाजिक सुरक्षा योजना कार्यन्वयनको सन्दर्भमा देखिएको समस्या समाधानको मार्ग पहिल्याएको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!