प्राईम बैंकका नारायणदास मानन्धरको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी

Posted on: 13 Aug, 2019

साउन २८, काठमाडौं । प्राईम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको उमेर हद सम्बन्धी ब्यवस्था खारेजी सम्बन्धी रीटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल ईजलासले मंगलबार मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलर मार्फत लागू गरेको उमेर हदका कारण प्राईम बैंकको प्रमुख कार्यकारी पदबाट हट्न परेपछि गत साउन २२ गते मानन्धरले राष्ट्र बैंकले गरेको उमेरहदको व्यवस्था विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । २३ गते न्यायाधीस मीरा खड्काको बेन्चले हेर्न नभ्याएको उक्त मुद्दामा  मंगलबार प्रधान न्यायाधीश राणाको एकल ईजलासले कारण देखाउ आदेश जारी भएको हो ।

राष्ट्र बैंकले ६५ वर्ष पुगेको व्यक्तिलाई सीइओ नियुक्ति गर्न नपाइने र बहालवाला सीइओ ६९ वर्ष कटेको भए स्वत पदमुक्त हुने निर्देशिका साउन २० गते ल्याएको थियो । राष्ट्र बैंकको उक्त निर्देशिकासँगै मानन्धर पदमुक्त भएका थिए ।  राष्ट्र बैंकले यस्तो व्यवस्था गरेसँगै मान्धर प्राइम बैंकमा प्रमुख कार्यकरी पदमा नियुक्त भएको चार दिनमा नै पद मुक्त भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!