कोकाकोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक, कति छ मूल्य ?

Posted on: 09 Aug, 2019

साउन २४, काठमाडौँ | पेय पदार्थको बजारमा ख्यातिप्राप्त ब्राण्ड कोकाकोलाले २५० एमएलको सानो जिग्री प्याक बजारमा सार्वजनिक गरेको छ । कोकाकोलाले हलुका र बोक्न सहज प्याक शुक्रबार काठमाडौँको होटल याक एण्ड यतिमा एक बिशेष कार्यक्रम गरि सार्वजनिक गरेको हो । 


कोकाकोलाले आफ्नो पछिल्लो सानो प्याक पेय पदार्थलाई उपभोक्ता मैत्री अर्थात सबैको साथी जस्तै भएको भन्दै 'जिग्री' नाम दिएको जनाएको छ । जिग्री प्याकमा प्याकेजिङ उद्योगकै नवीनतम प्रविधि प्रयोग गरिएको कोकाकोलाले जनाएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्च्यात नेपाल विश्वभरमै यस क्षेमता हुने तेश्रो देश भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

जिग्री प्याक त्यस्तो एउटा वातावरणमैत्री सानो बोत्तल हो जो पुन: प्रयोग गर्न सकिन्छ । कोकाकोलाले हलुका, पुन:शिलबन्दि गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधि प्रयोग गरेको जनाएको छ । जसको आयु ६ महिनाको हुने उल्लेख छ ।


उपभोक्ताले यो सानो प्याकको पेय पदार्थ अन्तर्गत कोकाकोला, स्प्राइट र फ्यान्टा प्रति बोतल रु ४० मा खरिद गर्न सक्नेछन ।  नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने 'हामी ग्राहकहरुका लागि कोका-कोला, स्प्राइट र फ्यान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्त खुसि छौं । जिग्री प्याकले ग्राहकले हाम्रो ब्राण्डप्रति देखाएको मायान्का लागि म आभार प्रकट गर्दछु र मलाई बिश्वास छ कि ग्राहकले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनुहुनेछ ।'


त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भने 'बोटलर्स नेपालले नेपालमा स्टेट अफ आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं र हामी जिम्मेवार र दीगो व्यवस्थापनमा प्रतिवद्ध छौं । यो नवीनतम प्रविधि मार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।'


यस बिषयमा तपाइको प्रतिक्रिया...!