बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस

Posted on: 25 Jun, 2019

असार १०, इलाम | बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन् । उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो ।

नगरपालिकाले आज (मंगलबार) आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उपमेयर भट्टराईलाई फिक्कल हस्पिटलमा लगिएको थियो ।

भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!