सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्

Posted on: 14 May, 2019

बैशाख ३१, काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । छापवाला सुन मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । त्यस्तै तेजावी सुन ६० हजार ७ सयमा कारोबार भैरहेको छ ।

यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!