शुक्रबार सुनको मूल्य घट्यो !

Posted on: 22 Mar, 2019

चैत ८, काठमाण्डौ । शुक्रबार सुनको भाउ प्रतितोलामा २ सयले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँ कायम छ ।

चाँदी भने बिहीबारकै मुल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!