शुक्रबार सुनको मूल्य घट्यो

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाण्डौ | शुक्रबार सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधवार सुन तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!