जिल्ला सहकारी संघको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित

Posted on: 17 Feb, 2019

कमल रावल | फागुन ५, अछाम | जिल्ला बचत तथा ऋण सहकारी संघ अछामको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न संघको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

आगामी ४ बर्षका लागि गठित कार्यसमितिमा यस अघि महासचिव पदमा रहनुभएका भण्डारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनको बन्द सत्रले समितिको उपाध्यक्षमा चेतमान बोगटी, महासचिव डम्बर बिसी कोषाध्यक्ष निर्मला रावल, सदस्यमा केशर विक, जानकी साउँद, कविता बुढा, पुष्पराज तिमिल्सैना र धन कुमार केसी, देवराज जैसी र देवेन्द्र बहादुर धामी रहेका छन् । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक नवराज देवकोटाले प्रमाणपत्र दिँदै सफथ गराउनु भएको थियो ।

 

नवनिर्वाचित अध्यक्ष भण्डारीले सहकारी युगको माग र आवश्यक्ता भएको भन्दै जिल्लामा सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका खेल्ने बताउनु भयो । पछिल्लो समय सहकारीमाथि प्रश्न उठ्दै गएको भन्दै यसको अन्त्यको लागि विभिन्न स्थानीय तहसंग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम अघि बढाउने उहाँको भनाई छ । नवनिर्वाचित अध्यक्ष भण्डारी मंगलसैन ६ मा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाको ३ कार्यकाल अध्यक्ष रहनुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!