कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको निधन

Posted on: 21 Oct, 2020

कात्तिक ५, डोटी । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!