डोटीमा बालिका यौन दुव्र्यहारको आरोपमा ५१ वर्षीय शिक्षक पक्राउ

Posted on: 05 Feb, 2019

माघ २२, डोटी (रासस) | लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!