डोटेली संस्कृती आफैमा संमृद्ध छ: पर्यटनमन्त्री अधिकारी

Posted on: 17 Dec, 2018

कृष्ण बिष्ट | पुस २, बैतडी | संस्कृती पर्यटन तथा नागरीक उढ्यन मन्त्री रबिन्द्र अधिकारीले डोटेली संस्कृती आफैमा संमृद्ध सस्कृती भएको बताउनुभएको छ । आइतबार रेडियो युनिटी डडेल्धुराले आयोजनागरेको वार्षिकोत्सव कार्यक्रममा सहभागि भइ उहाले डोटेली संस्कृती नेपाली संस्कृती भन्दा उच्च रहको कुरा जोड दिदै सुदूर पश्चिम धनी स्रस्कृतीको रुपमा चित्रण गर्नु भएको हो । 


कला संस्कृतीले भरीएको सुदुर पश्चिम प्रदेसमा भेसभुसा कला, सस्कृतीले भरीएकोले डोटली सस्कृती साच्चीकै धनी भएको उबताउनुभयो । ‘जुन देसमा सुदुर पुर्व छैन, त्यो देसमा सुदुर पश्चिम हुदैन सुदूर पश्चिम पहिचान हो, उहाले भन्नु भयो । सुदुर पश्चिम प्रदेसले अरु प्रदेसलाई विकासका दृष्टीले उछिन्नु पर्ने कुरा पनि उहाले बताउनुभयो । 

यहाका सास्कृतीक सम्पदाहरुको संरक्षण गर्न तर्फ लाग्नुपर्नेमा उहाले भनाइ छ । डडेल्धुराको अमरगडी साच्चीकै महत्वपुर्ण गडी भएकोले यस्ता सास्कृतीक तथा पर्यटकिय सम्पदाहरुको प्रबद्धन गुर्नपर्नेमा जोड दिनुभयो । अमरगडी किल्लालाई सरकारले सुदुर पश्चिम प्रदेसको महत्वपुर्ण गन्तब्यको रुपमा घोषणा गरेको पनि अवगत गराउनुभयो । 

जनता द्धारा निर्बाचित भएर जनप्रतिनिधि आइसकेकाले देशमा तिन वटै सरकार कृयाशिल रहेको जानकारी गराउदै यि तिन वटै सरकारले देशको समृद्धी र जनताको हितको लागि काम गर्ने बताउनुभयो । तिन वटै सरकारले समन्वय गरेर काम गरीरहेकाले मुलुकको समृद्धी अब टाढा नरहेको उहाको भनाइ छ । जनता द्धारा निर्बाचीत सरकारले काम गर्न नसके अरु कसैले गर्न नसक्ने पनि उहाले स्पस्ट पार्नूभयो । उहाले भन्नु भयो  “जनताका निरासाहरु चिरेर गौरवपुर्ण रुपले यहि देशमा काम गरेर गौरवपुर्ण बाच्ने दिन ल्याउन सरकार प्रतिबद्ध छ ।” आर्थीक समृदीको पक्षमा रहेकोले कृर्षीलाई आधुनिकीकरण गरेर देश बिकास गर्न चाहेको कुरा पनि बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!