पहिरोमा परि नौ जना बेपत्ता

Posted on: 13 Jul, 2019

असार २८, डोल्पा । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा आज पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।  बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् । दिउँसो २ बजे पहिरो गएको हो ।  

पहिरोले वडाध्यक्ष भानुभक्त बोहोरा, जङ्गबहादुर बोहोरा र धर्मराज बोेहोराको घर बगाएको छ । वडाध्यक्ष भानुभक्तका दाजु ४३ वर्षीय धनराजको शव फेला परेको छ ।

उक्त ठाउँमा २५ भन्दाबढी घर पहिरोको जोखिमा रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । प्रहरी चौकी इलाको टोली घटनास्थलमा पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!