कालिञ्चोक चौँरी महोत्सवको तयारी पुरा

Posted on: 05 Aug, 2017

ताराबहादुर महत । श्रावण २१, दोलखा । कालिञ्चोकको कुरी उपत्यकामा भोली बाट हुन लागेको दुई दिने प्रथम कालिञ्चोक चाँैरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दुई दिसम्म चल्ने महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले जानकारी दिनुभयो । महोत्वसका लागी चौरीको गोठ व्यवस्थापन, चरीकोट देखी कालिञ्चोक सम्मको सडक मर्मत साथै अन्य सम्पुर्ण तयारी पुरा भई सकेको बताईएको छ । महोत्सवमा कालिञ्चोक आसपासका २ सय चौरी जम्मा गर्नुका साथै चौरी बाट उत्पादन हुने विभिन्न सामग्रीहरुको विक्रि वितरण, उत्कृष्ट चौरीपालक कृषलाई पुरस्कार वितरण, डेरीजन्य सामग्री, चौरी तथा याकहरुको प्रदर्शन, साँस्कृतिक झाँकी, किसान कार्ड वितरण पशु र जनस्वास्थ्य शिविर लगायतका कार्यक्रम हुने छन् ।

महोत्सवमा चाँैरीजन्य उत्पादनका १० र अन्य ५ वटा गरी १५ वटा स्टल रहने भएकका छन । महोत्सवको दोश्रो दिन चौरीपालक कृषक र चौरी विज्ञविच व्यवसायिक चौरी पालनलाई विस्तार गर्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा २ सय भन्दा बढि चौरी पाल्दै आउनुभएका कृषक सहित ५ हजार बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । महोत्सव कालिञ्चोक गाउँपालिकाको आयोजना र जिल्ला पशुसेवा, कृषी, स्वास्थ्य, डिभिजन सडक कार्यालय, रणभिम गण, जिल्ला प्रहरी कार्यालय र कालिञ्चोक दर्शन प्राली लगायतको सहयोगमा हुन् लागेको आयोजकले जनाएको छ ।

गाउँपालिकाले केहि दिनअघि प्रथम गाउँसभा मार्फत व्यावसायिक कृषि र पर्यटन विकासमा जोड दिने निति तथा कार्यक्रम अबलम्बन गरे अनुसार नै चौँरी महोत्सवको आयोजना गरिएको उपाध्यक्ष पाठकले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!