दोलखामा बस दुर्घटना

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौं | दोलखामा बस दुर्घटना हुदाँ एकजना गम्भीर घाइते भएका छन् | जिल्लाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटना भएको हो | दुर्घटनामा  बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् |

बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको र सोहिक्रममा तामाङ च्यापिएकी जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ | उक्त बसमा  ६ जना यात्रु रहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!