सुकुटे बस दुर्घटनामा ६ जनाको मृत्यु

Posted on: 03 Nov, 2019

कात्तिक १७, मेलम्ची । दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् । 

बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताउनुभयो ।   

बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!