दोलखामा बस दुर्घटना: दुईको मृत्यु, २३ कामदार घाइते

Posted on: 15 Mar, 2019

चैत १, जिरी (रासस) | दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । 

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो । 

दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो । घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । 

बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!