जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या

Posted on: 31 Jan, 2019

माघ १७, दोलखा | श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो । 

शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् । 

उक्त अभियोगमा गत पुस २० गते पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।

प्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!