विदेशमा थप २ जना नेपालीको मृत्यु, कुन-कुन देश ?

Posted on: 14 Feb, 2021

फागुन २, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका  ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!