कोरोना संक्रमणबाट विदेशमा ३ नेपालीको मृत्यु

Posted on: 07 Feb, 2021

माघ २५, काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप ३ जना नेपालीको मृत्यु भएको छ । यो साता युकेमा  २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

 शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । 

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ । संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने  २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!