कोरोना भाइरसका कारण विदेश रहेका ३ जना नेपालीको मृत्यु,कुन-कुन देश ?

Posted on: 03 Jan, 2021

पुस १९, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विदेशमा रहेका थप तीनजना नेपालीको ज्यान गएको छ | पछिल्लो एक हप्तामा युकेमा १ जना र  पोर्चुगलमा २ जनाको ज्यान गएको  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ |

हालसम्म कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३ सय १५ पुगेको संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ |  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ | तिमध्ये ५० हजार ६ सय ५६ जना कोरोना संक्रमण मुक्त भएका छन् |

यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका नेपालीहरिमा कोरोना पुष्टि भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!