कोरोना भाइरस : विदेशमा रहेका नेपालीको अवस्था के छ ?

Posted on: 28 Dec, 2020

पुस १३, काठमाडौँ । विदेशमा रहेका नेपालीहरु विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढेको छ । विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका हुन्।

हाल सम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार,तीमध्ये ४९ हजार ८ सय ९२ जना संक्रमण

मुक्त भएका छन् ।

पछिल्लो साता कोरोनाका कारण विदेशमा रहेका नेपालीमा मानवीय क्षेती नभएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटा बताए । नाइजेरिया, साउदी, कुवेतमा रहेका नेपालीहरुमा पुष्टि भएपनि हाल मानवीय क्षेती भने भएको छैन् ।

हाल सम्म कोरोनाका कारण विदेशमा रहेका ३ सय १२ जना नेपालीले ज्यान गुमाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!