आज आठ अन्तर्राष्ट्रिय उडान, भोली चार अन्तराष्ट्रिय उडान हुँदै

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । 

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । 

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!