अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटियो

Posted on: 08 Mar, 2020

फागुन २५, काठमाडौं | अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखापरेको छ | तास्मानियामा बस्दै आएका उनी दुई साता अघि नेपालमा विदा मनाएर फर्केका  थिए |

उनको उपचार अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा भइरहेको छ | उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ | उनी गत फेब्रुअरीमा नेपालबाट सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका पुगेका थिए |

अष्ट्रेलियाको तास्मानियामा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ | गत डिसेम्बरमा चिनको हुवान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस यतिबेला विश्वभरी फैलिएको छ | हाल सम्म ३५ सय भन्दा बढी मानिसको उक्त भाइरसबाट ज्यान गैसकेको छ |

एक लाख भन्दा बढी मानिसमा कोरोनाभाइरसको संक्रमण देखापरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!