अष्ट्रेलियामा पौडी खेल्ने क्रममा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

Posted on: 05 Mar, 2020

फागुन २२,अष्ट्रेलिया | अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ | बुधबार दिउँसो पौडी खेल्ने क्रममा पोखरा स्थायी घर भएका निकेस श्रेष्ठलाई छालले बगाएर मृत्यु भएको हो |

छालमा बगेर बेपत्ता भएका उनलाई सँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए | उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डले जनाएको छ | उनीसंगै चार जना साथी पौडी खेल्न समुद्रमा गएका थिए | निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए |

अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको जनाईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!