भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु,१८ जना घाइते

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | भारतमा बस दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् | तिर्थयात्राका लागि माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको यात्रामा रहेका थिए | घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् |

प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो | मृत्यु हुनेमा  २ जना महिला रहेका छन् जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ |

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट ३४ जनाको टोलि गएका हुन् | । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!