युएईमा एक नेपालीले जिते एक किलो सुन

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौँ | यूएईमा एक नेपालीले एक किलो सुन जितेका छन् | अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार जितेका हुन् | 

त्यस्तै सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार जितेका छन् |

सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्रमा एक किलो सुन उपहार जितेका छन् | यमनाथ १९ वर्षदेखि यूएईको एक ‘किल्निङ कम्पनी’मा काम गर्दै आएका छन् | भट्टराईले गत जनवरीमा घर खर्चका लागि ३५ हजार रुपैयाँ अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए |

उक्त जितेको सुन नेपाल ल्याउन समस्या हुने भएकाले लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद बिजेतालाई दिन सकिने ब्ताइएको छ | गत डिसेम्बर १५ देखि फेब्रुअरी १२ तारिखसम्म अहलिया  एक्सचेञ्जबाट पैसा पठाउने मध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको थियो |

१ किलो सुनको स्थानिय बजार मुल्य १ लाख ८७ हजार दिर्हाम अर्थात झन्डै ५७ लाख रुपैयाँ हुन्छ | यस्तै योजना अन्तर्गत यस अघि सन् २०१८ मा इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!