अज्ञात व्यक्तिद्वारा अस्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार

Posted on: 16 Feb, 2020

फागुन ४, सिड्नी | अस्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ | क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो | शुक्रबार राति अज्ञात व्यक्ति ति युवतीमाथि छुरा प्रहार गरेको छ |

स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी युवतीमाथि भएको छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको छ | प्रहरीको सहयोगमा नलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो |

शनिबार बिहान उनलाई अस्पतालले घर पठाएको उनकी साथीले बताएकी छिन् | बसबाट झरेर  घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको उनकी साथीले बताएकी छिन् |

घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!