उज्वल ठकुरी भर्जिनियाको कांग्रेसम्यान गेरल्ड ए कोनोलीबाट सम्मानित

Posted on: 09 Feb, 2020

विजय थापा | माघ २६,डिसी | भर्जिनियाको काँग्रेसम्यान गेरल्ड ए कोनोलीबाट उज्ज्वल ठकुरी सम्मानित भएका छन् । काँग्रेसम्यानले लेख्नु भएको छ ,आदरणीय मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने व्यक्तिलाई बधाई पत्र र सम्मानित पत्र पठाउन पाउँदा म धेरै खुसि छु  । 


यो सानो कुरा हैन ,पाच पटक बिश्व कीर्तिमानी राख्नु तपाई छैटौ बाल्क  बेल्ट अमेरिकन मारिन गोजुबाट त्यसै पनि प्रख्यात हुनु हुन्छ र तपाइले यो पदकहरु बिश्व रेकर्ड , बिश्व बेल्ट बिजेता अनि राष्ट्रिय स्वर्ण पदक ल्याउन धेरै दुखः कस्ट गर्नु भएको होला । बर्षौ बर्षको तपस्या र मेहनत होला अनि बल्ल तपाईले यो सबै पदकहरु जित्नु भएको छ ।

यो सफलता र यी पुरस्कार तपाइले त्यसै प्राप्त गर्नु भएको छैन  तपाईंको अटल प्रतिबद्धता र फोकस प्रदर्शन गर्नु भयो जसले अरु नया पुस्ताका खेलाडीहरुले पनि शीप र ज्ञान प्राप्त गर्नका लागि रोल मोडेल बन्नु भएको छ । यो देशमा आएर यत्रो ठुलो नाम राखिदिनु भएकोमा म काँग्रेस म्यान तपाईलाई फेरी पनि बधाई तथा धन्यबाद दिन चाहन्छु र संगसंगै छैठौ बिश्व किर्तिमान् राख्नको लागि कृपया यो र भविष्यका सबै प्रतियोगिताहरूमा सफलताको लागि मेरो हार्दिक शुभकामनाहरू स्वीकार गर्नुहोस्  ।


उज्ज्वल ठकुरी भन्छन ,यस्तो किसिमको लिखित धन्यबाद ज्ञापनपत्र र प्रमाणपत्र पाउने पहिलो राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी हु । उज्ज्वल ठकुरीले यो भन्दा अगाडी ३ वटा सिनेटरबाट सम्मानित पाई सकेका छन् र पहिलो नेपाली गोजुर्यो कराते खेलाडी हुन् । ठकुरी भन्छन , खेलाडी भनेको मरुन्जेल सम्म पनि अवकाश लिदैनन । किनभने उसैले पदक ल्याउन प्रयाश गर्छ कि खेलाडी जन्माउने काम गर्छ । २०-२५ बर्ष पुरानो ब्ल्याक बेल्ट घरमा थन्क्याएर केहि काम हुन्न जब सम्म त्यसले केही गर्दैन ।


नेपालमा म उस्तो यस्तो भनेर केही हुन्न त्यो त पद खाने भाडो भो । जो सक्षम छ उसले काम र नाम देशको लागि संसारले देख्ने गरि गरेर देखाउछ । ठकुरीको सपना नेपाली समुदायमा ओलम्पिक र वर्ल्ड च्याम्पियन खेल्ने खेलाडी जन्माउनु हो ।  एक दिन नेपाली समुदायले अवस्य बुझ्ने छ । र सबै मिलि बिश्वमा चम्काउने खेलाडी निर्माण गर्न हातेमालो गर्ने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!