भ्रमण बर्ष २०२० को उद्घाटनमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री भट्टराईको र्याली प्रहरीले रोक्यो

Posted on: 07 Jan, 2020

पुस २२, एजेन्सी | अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण बर्ष  २०२० को र्याली गर्न प्रहरीले रोक लगाएको छ | आयोजकले र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जनाइएको छ | 

नेपाल भ्रमण बर्ष २०२०को उद्घाटन गर्न सिड्नी पुगेका पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको आयोजनामा हुनलागेको थियो | उक्त र्यालीका लागि अनुमति नलिएपछि प्रहरीले रोकेको हो | ठूलो संख्यामा सडकमा र्याली गर्दा पैदल यात्रुलाई समेत असहज भएको प्रहरीले बताएको छ | अष्ट्रेलिया निकै दु:खद सोकमा डुबेको छ |

अहिले अष्ट्रेलियामा भएको आगलागीका कारण ५० करोड भन्दा बढी जनावरको मृत्यु भईसकेको छ, भने कम्तिमा २४ जना मानिसको ज्यान गएको छ | 






यस बिषयमा तपाइको प्रतिक्रिया...!