एनसिसि कोरियाकी अध्यक्षलाई कोरियन प्रहरीले पक्रियो

Posted on: 13 Oct, 2019

अर्जुन बराल | असोज २६, दक्षिण कोरिया | सन् १९९३ मा दक्षिण कोरियाका लागि नेपाली दुतावास नभएको र नेपाली समुदायलाई पर्ने हरेक समस्यालाई समाधानका निम्ति भनि सिमित नेपालीहरुको पहलमा नेपालीहरुकै लागि भनि स्थापित नेपाली सम्र्पक समिति(एनसिसि)को सोह्रौं कार्यकालका लागि अध्यक्षमा चुनिएकी नेपाली समुदायमा अञ्जु केसी नामबाट परिचित डोल कुमारी खत्रीलाई हिजो साँझ कोरियन प्रहरीको सादा पोशाकको टोलीले चेकजाचका क्रममा “ओभर स्ट्रे” का कारण दक्षिण कोरियामा नेपाली असन बजारका नामबाट परिचित तुङ्देमुन नजिकैबाट  पक्राउ गरेको छ साथै यसको पुष्टि गदै उनले आफनो फेसबुक मार्फत कोरियामा रहेका सबै नेपालीलाई सम्बोधन गदै मिस यु लेखेकी छिन । 

सेमलार–७ रुपन्देही स्थायी ठेगाना उल्लेख नेपाली राहदानी १८८५३८० बाहक खत्री लुम्बिनी ओभरसिजबाट उनका नजिककै आफन्तको माध्यमबाट कोरिया आगमन सँगै अबैधानिक हुँन पुगेकी थिईन भने उनको राहदानी जारी सन् २००३ मा भएको भएपनि नेपाली समुदायमा सन् २००१ मा कोरिया प्रबेश गरेको र नेपाली समुदाय राम्ररी बुझेको भनी प्रचार गर्ने गरेकी थिईन ।

कोरियाको दुःखलाई बिर्सेर नेपालीका हरेक समस्यामा साथ दिदै आईरहेकी र सामाजिक अभियन्ताका रुपमा आफुलाई परिचित गराएकी खत्रीकै कार्यकालमा नेपाली सम्र्पक समितिले दक्षिण कोरिया सरकारबाट बैधानिक संस्थाका रुपमा ईजाजत प्राप्त गरेपनि सम्मानित संस्थामा लामो समय देखि अबैधानिक तवरले बसोबास गरेकी उनी अध्यक्ष पद छोड्नुको सट्टा संस्थाका नाममा पदको दुरुपयोग गरि अझ लामो समय टिकिरहने दाउँमा लालान्वित रहेको भन्ने उनी माथि आरोप लागेको थियो ।

नेपाली सम्र्पक समिति दक्षिण कोरियाका निर्बतमान अध्यक्षले संस्थाको हिसाब किताब पारदर्शी नगरि आर्थिक अनियमितता गरेको आरोप लगाउँदै र त्यसलाई पारदर्शी गर्न दबाब दिएका नाममा खत्रीले मिडिया उपयोग गरेर आफनो चरित्र हत्या गरेको आरोपमा निर्बतमान अध्यक्षले खत्रीका बिरुद्धमा  केहि महिना अगाडी कोरियन प्रहरीमा समेत साईबर क्राईममा मुद्धा दर्ता गरेका थिय । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!