प्रधानमन्त्री ओली भेट्न नेकपा महासचिव सिंगापुर प्रस्थान

Posted on: 03 Sep, 2019

भदौ १७, काठमाडौं | उपचारको क्रममा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल पनि सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।

 पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने उनले बताए | प्रधानमन्त्री ओली स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत पैडेलले जानकारी दिए । 

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!