कोरियन चाडमा नेपाली संगीत सँगै रमाउँनेछन् दक्षिण कोरियामा नेपालीहरु

Posted on: 25 Aug, 2019

अर्जुन बराल | भदौ ८, सोल | हरेक माध्यमबाट राष्ट्र र राष्ट्रियताको साँख उँचो बनाउँन र नेपाली समाजमा घट्ने दुखान्त घटना लगाएत बिभिन्न दैबिप्रकोपमा सहयोगका लागि हरदम तत्पर दक्षिण कोरियामा रहेका समस्त नेपाली समाजसेवी तथा राष्ट्रप्रेमी युवाहरुको बिषेश पहलमा प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको सबैभन्दा ठुलो र कोरियाली किवदन्ती अनुसार सबैभन्दा महत्वपूर्ण चार्ड छुसकको अवसरमा बिशुद्ध सामाजिक अभियानमा रहेर “छुसक महा–धमाका २०१९” आयोजना गरिने भएको छ ।

दक्षिण कोरियामा लगभग पचासहजारको हाराहारीमा नेपाली रहेको र आपतबिपतको घडीमा कुनै मानवीय सहायताका लागि बिषेशत कुनै नेपाली समुदायले अभिभाबकत्व निर्बाह गर्न नसकिरहेको तितो अहिलेको अबस्थामा जुनसुकै आपत–बिपतको समयमा साथ सहयोग सहित राहत सहजरुपमा उपलब्ध गराउँनका निमित्त “नेपालीका लागी हामी नेपालीनै” भन्ने मुलभुत नाराका साथ बिशाल एंवम स्वच्छ राहतकोष स्थापना सहित हिमाल,पहाड,तराई सहित समग्र नेपालको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य सँगै आयोजना गरिने यस कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा,मञ्जु पौडेल,आधुनिक तथा पप गायक सुगम पोख्रेल,टिका प्रशाई,कमेडियन तथा क्यारिकेचर किङ्ग सुबोध गौतम, पब्लिक स्पीकर बिजेता रमेश प्रशाई,बुगीवुगी विनर कबिता नेपाली लगाएत केहि सहित कोरियामा नै रहेका स्थानिय कलाकारको बेजोड प्रस्तुती सेप्टेम्बर १३ तारिखका दिन सउल दोङदेमुन छोङो ओगाको २ नम्बर गेटमा  रहने हुँदा कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनी लगाएत सम्पूर्णलाई कार्यक्रममा उपस्थिती सहित सामाजिक अभियानमा हातेमालो सँगै सक्दो सहयोग पुरयाईदिन आयोजकले आह्वान गरेको छ ।

साथै भर्खरमात्र कार्यबाहक राजदुतको समेत जिम्मेबार सम्हाल्नेगरि आउँनुभएका दक्षिण कोरियास्थीत नेपाली दुतावासका उपनियोग प्रमुख राम सिंह थापाले कार्यक्रम सफलताको शुभकामना सहित नेपालीका लागि अपरिहार्य यस अभियान सार्थक रहन कोरियामा रहेका सबै नेपाली एकढिक्का रहनुपर्ने धारणा ब्यक्त गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!