दुबई भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  | पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।

पुत्र प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् । प्रचण्डकि  पत्नी सिता दाहालको स्वस्ठे भने सामान्य रहेको बताइएको छ  |

दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!