कतारका यूवा तथा सफल व्यवसायी कोइराला अमेरिकामा व्यवसाय विस्तार गर्ने तरखरमा

Posted on: 20 Jul, 2019

विजय थापा | साउन ४, डिसी । नेपाल चितवन घर भै कतारमा व्यवसायमा संलग्न रहेका यूवा तथा सफल व्यवसायी प्रकाश कोइराला आफ्नो व्यवसाय अमेरिकामा पनि विस्तार गर्ने तरखरमा रहेका छन् । 

उनले डिसी महानगरका एक अङ्किय पत्रिका संग कुरा गर्दा उक्त कुरा जानकारी गराएका थिए । १२ बर्ष अगाडी कतार कामदारको रुपमा आएका कोइराला को जन्म चितवन गीतानगर भएता पनि उनि हाल नवलपरासीको गैडाकोट निवासी हुन् । आफ्ना पिता संगै त्यहाँ पुगे पछि पिता पनि व्यवसायी भएकोले आफू पनि व्यवसाय मै होमिएको बताए ।  


कतारमा १२ बर्ष को अवधिमा जुन प्रतिष्ठानमा काम गर्थे त्यहीका संचालकले अवसर दिए पछि आफू व्यवसायमा प्रवेश गरेको बताए । कतारमा आफ्ना २ ब्यबसायमा ४ सय भन्दा ज्यादा कर्मचारीहरु रहेका उनि उक्त प्रतिष्ठानका प्रमुख हुन् । पहिले आफू कामदार र पछि मेहनतको कारण यहाँ सम्म पुग्दा आफूलाई भाग्यशाली बताए । उनले अगाडी भने कतार जस्तो देशमा उक्त देशको कानुनलाई पालना गर्दै दर्शन ( भिजन)बोकेको कारण यो अवस्थामा पुगेको जनाए । 

कतारमा निर्माण व्यवसायमा जमेका कोइरालाले अमेरिकामा भूमि-भवन( रिएल स्टेट )को व्यवसाय तथा व्यापार गर्न चाहेको बताए । उनले आफू कतारमा यसै व्यवसायमा संलग्न रहेको र अनुभव हासिल गरेकोले अमेरिकाको यस पटकको यात्रामा यसको अध्ययन र जानकारी लिन अमेरिका आएको बताएका छन् । 

कोइराला समाजसेवी पनि हुन् भने उनले नेपालीहरुलाई साह्रोगाह्रोमा सहयोग गर्दै आएका छन । उनले धुर्मुस सुन्तली फाउन्डेसन ( प्रतिष्ठान) लाई मुसर वस्ती निर्माणको लागि ४० लाख अनुदान दिएका थिए । यसको अतिरिक्त अन्य सहयोग गरि रहेको र आफ्नो क्षमताले भ्याए सम्म गर्ने बताएका छन् ।  


कोइराला कतारमा रहेका व्यवसायीहरूको हक, हित र अधिकारका आवाज उठाउनुका साथै नेपाल र कतारबीच व्यावसायिक वातावरण सिर्जना गर्न स्थापित नेपाल कतार विजनेस एसोसिएसनका सहकोषाध्यक्ष पनि हुन् । 

उनि कतार जस्तो देशमा त्यहाँका नागरिक र अन्य प्रतिस्प्रद्धामा आफूलाई उभ्याई परिश्रम गरि सबैको साथ ,सहयोग र सद्भाव पाएको कारण आफू केही हद सम्म जम्न सकेको बताए । 

उनले भने नेपालीहरुको नाम राख्ने र ईमान्दारिता सदैव आफू भित्र त्यो भावना रहेको बताए । कतारमा भारतीय नागरिक पछि दोश्रो ठूलो नागरिकमा नेपालीहरु छन् भन्दै शीप र ज्ञानलाई सरकारले ध्यान दिनु पर्ने र आउने सबै नेपाली समुदायलाई त्यसमा ध्यान दिन सके कतारमा राम्रो हुने बताए । 

कोइराला अमेरिकाको भ्रमण पछि कतार फर्की सकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!