बेलायतको लण्डन सहरमा नेपालको प्रचार गर्दै ६० बस

Posted on: 18 Jul, 2019

साउन २, काठमाडौं । 'भ्रमण बर्ष २०२०' को प्रचारको लागि बेलायतको लण्डन सहरमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डले बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु गरेको हो । बोर्डका अनुसार लन्डनमा गुड्ने करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ ।


पोस्टर अंकित बसहरु बेलायतको पार्लामेण्ट स्क्वायर, वेस्टमिस्टर, ट्राफल्गर स्वायर, केन्सिन्ग्टन हाइ स्ट्रीट, अक्सफोर्ड स्ट्रीटलगायत विभिन्न १८ रुटमा गुड्ने गरेका छन् ।

करिब ३ सातासम्म यो अभियान जारी रहने बोर्डले जनाएको छ । यस अवधिमा करिब ४५ लाख विदेशीबीच नेपालको प्रचार हुने अपेक्षा बोर्डको छ ।


नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटकमध्ये सबैभन्दा धेरै बेलायती छन् । सन् २०१९ को ६ महिना अवधिमा बेलायतबाट २८९५१ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । 


यसअघि भ्रमण बर्ष २०११ मा पनि यसैगरि लन्डनमा बसहरुमा नेपाल झल्काउने स्टिकरहरु टासेर नेपालको प्रचार गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!