अमेरिकाको न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ हुँदै, यसरी भर्न सकिन्छ फर्म

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौं । अहिलेसम्मकै पहिलो पटक अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको म्युजीक भिडियोको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को आवेदन दर्ता फर्म खुल्ला गरिएको छ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउन सक्नेछन् । अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।


फर्म कहाँ पाइन्छ र कसरी भर्ने ? 

यस ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’मा जम्मा १३ बिधा छुट्टाइएको छ । यहि कुनैपनि कलाकारले उक्त बिधामा रहेर आफ्नो सिर्जनाबाट अवार्डको फर्म भर्न चाहानुहुन्छ भने यस अवार्डको अफिसियल वेवसाइट (https://wnmusicaward.com/#/ ) मा गएर सजिलै फर्न सक्नुहुनेछ । फर्म भरिसकेपछि नेपाल भित्रबाट ग्लोबल आईएमई र नेपाल बाहिरबाट टिडी बैंकमार्फत नेपाली दुई हजार रुपैंया डिपोजिट गर्नुपर्नेछ । यस्तै ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को काठमाडौं चाबहिलस्थित प्रधान कार्यायलमार्फत पनि फर्म सजिलै पाउन सक्नुहुनेछ । 

सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङ गेलु शेर्पाले बताए । सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । आउँदो २३ नोभेम्बरमा अर्वाडको फाइनल हुने अवार्ड संयोजक सुमन बुढा मगरले जानकारी दिए । 

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीतकार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला


यस बिषयमा तपाइको प्रतिक्रिया...!