प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

Posted on: 13 May, 2019

वैशाख ३०, हनोइ, | प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो । 

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय  वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!