एनआरएन अमेरिकालाई अर्को झड्का

Posted on: 01 May, 2019

विजय थापा, बैशाख १८, डिसी । स्थापना काल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को झड्का लागेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरईन एनसीसी युएसए को चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न अदालतमा माग गर्दै मुद्धा दायर भएको छ । 

बाल्टिमोर निवासी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व उपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् । 

एनआर एन अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७ -२०१९ को लागि अध्यक्षकि उम्मेदवार थिइन् ।  रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

बिश्व बराल,भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी ,अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ कि निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ । अमेरिकाको टेनेसी को नक्स काउन्टी चान्सलरी कोर्ट मा गत अप्रिल २६ का दिन दायर गरि मुद्धा दायर संख्या १९६०८१-३ रहेको छ । उक्त मुद्धा थापा दम्पतिका तर्फ बाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गरेका हुन् । 

एनआरएन को चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउन र नया निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन् । 

संस्थाका महा सचिव बिआरलामाले सम्पूर्ण सदस्यहरुलाई बिधुतिय डाक द्वारा जानकारी गराएका थिए । उक्त मुद्धा को बिबरण ५० पृष्ठ को रहेको छ । एनआरएन अमेरिकालाई स्थापना काल देखि नै मुद्धा खेप्दै आई रहेको छ ।

विवाद र झगडामा अल्झिएको कारण बिश्व कै सर्वाधिक भएको एनआरएन अमेरिकालाई अस्ट्रेलियाले सदस्य संख्यामा उछिनेको छ । अब बिश्व कै सबै भन्दा ठुलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ । 

आसन्न निर्वाचन को लागि उम्मेदारहरुका बहस ,उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!