रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्बिरोध

Posted on: 08 Apr, 2019

विजय थापा | चैत २५, अमेरिका | अमेरिकाको न्यू योर्क स्थित चर्चित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन ।

आज आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । पदाधिकारीहरु यस प्रकार रहेका छन् । अध्यक्षमा राजेश भट्ट ,उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफ्ले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।


यसै गरि सदस्यहरुमा क्रमस मोहन प्रसाद गौतम ,यादव प्रसाद वास्तोला ,सुशील भुसाल ,हरि बहादुर केसी ,तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् । उक्त निर्वाचन को परिणाम निर्वाचन अधिकृत कुमार प्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!