नीलम कार्की निहारीका- पाल्पाको बिकट गाउँ देखी साहित्यको उच्च पुरस्कार सम्म

Posted on: 24 Mar, 2019

चैत १०, टेक्सास | चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जीवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छिन । 

बिगत केहि बर्ष देखी अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ । 

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पिडा देखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ । 

कार्यक्रमको पुरा भाग हेर्न यस लिंकमा क्लीक गर्नुहोस् ! 


यस बिषयमा तपाइको प्रतिक्रिया...!