बिवाह मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै बेहुलीले लिइन् ७ फेरा

Posted on: 18 Jan, 2019

माघ ४, काठमाडौं | भारतको दिल्लीस्थित शंकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा बेहुलिमाथी बन्दुक प्रहार भएको छ । 

वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला अज्ञात समूहले बेहुलीमाथि गोली चलाएको हो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।


बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले बेहुलीमाथि गोली प्रहार गरेको र खुट्टामा गोली लागेपछि उनि स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । 

घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिए पनि बेहुलीको अवस्थामा केही सुधार आएपछि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिएका छन् । 

बिहीबार राति शकरपुरको एउटा पुरानो शिव मन्दिर धर्मशालामा मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह उक्त घटना घटेको हो । 

दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको हो ।

प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनको धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!