प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा

Posted on: 20 Nov, 2020

मङ्सिर ५, जनकपुर | छठ पर्वको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन् |

छठमा केन्द्र सरकारले बिदा दिएको छैन | प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!